रेशम चौधरीका समर्थक दल दर्ता गर्न पुगे निर्वाचन आयोग


काठमाडौं – टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीका समर्थकहरु दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत छिन् ।

चौधरी भने हाल जेलमा छन् ।

प्रतिक्रिया