राष्ट्रिय सभामा भागबन्डा गर्ने सहमतिसहित सत्ता गठबन्धन दलको बैठक सम्पन्न


काठमाडौं — राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले भागबन्डा गरेका छन्। राष्ट्रिय सभाका १९ जना सदस्यका लागि हुन लागेको चुनाव कांग्रेसले ६ सिट, नेकपा माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) ले ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सिटमा उम्मेदवारी दिने भएका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर जाने निर्णय गरेका हुन्।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि यही फागुनमा सकिँदैछ। यी २० मध्ये ८ जना नेकपा एमालेका सांसद थिए भने कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट समान ४/४ सांसद थिए ।

प्रतिक्रिया