संसदीय मर्यादा विपरीत बागमती र कर्णालीका उपसभामुख बने माओवादी केन्द्रीय सदस्य

अरूले थाहा पाउँछन् भन्ने डरले प्रचण्डले नाम पनि पुरा उच्चारण गरेनन्


काठमाडौँ – बागमती र कर्णाली प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् । आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।

महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरुको नाम पी.घर्ती र आर.तामाङ भनेर बाचन गरेका थिए।

घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट माओवादी केन्द्रीय सदस्य बनेका एक नेताले जानकारी दिए।

संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ।

सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने परम्परा छ। यस अघि माओवादी नेताहरुले पनि त्यस्तो अभ्यास गर्दै आएका थिए।

प्रतिक्रिया