एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा फेरि एमालेमै फर्किए


काठमाडाैँ – पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झाले नेकपा एमालेमै फर्किएका छन्। प्रदेश २ मा प्रभावशाली नेताका रुपमा परिचित माधव नेपाल नेतृत्वको नेकपा समाजवादी छाडेर आइतबारदेखि एमालेमै फर्किएका हुन्।

आइतवार साँझ बालकोटमा उलाई स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झालगायतको रोहवरमा एध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए।

झा नेकपाकालमा पनि नेकपा केन्द्रीय सदस्य थिए। तर उनी माधव नेपालसँगको व्यक्तिगत सम्बन्धका कारण समाजवादीतिर लागेका थिए।  यसअघि पनि झाले एमाले छाडेका थिए। २०७० सालमा तत्कालीन माले समाजवादीका सह–अध्यक्ष एवम् पूर्वमन्त्री झालाई एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।

झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए ।

एमालेका नेताहरुले त्यसबेला नै धनुषाका रामचन्द्र झाले पार्टी छाडेर माओवादीमा गए पनि उनको विकल्पका रुपमा यदुवंश झा आएको बताएका थिए ।

प्रतिक्रिया