माओवादीले ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन गर्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् ।

२९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम भने अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरे । बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएको हो ।

त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुनेछ । माओवादीको आठौँ महाधिवेशन हिजोदेखि सकिएको छ । आज दिउँसो ३ बजे नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्दै छ ।

प्रतिक्रिया