
ओमिक्रोन फैलन नदिन थप सतर्कताका लागि मन्त्रालयको निर्देशन
काठमाडौं – स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।
पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।
सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै भाइरसका नयाँ भेरिययन्टहरू आउने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्णपालन गर्नका साथै सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।




कागजपत्र |
