जनमत पार्टीका कार्यकर्तासँगको झडपमा गोली चल्यो, ५ कार्यकर्ता र २ सुरक्षाकर्मी घाइते


धनुषा — पूर्व—पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ चोकमा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तासँगको झडपपछि प्रहरीले गोली चलाएको छ ।

आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तालार्इ सडक खुलाउनका लागि आग्रह गर्दा उल्टै प्रहरीमाथि जाईलागेपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो । घटनामा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेत जनाए ।

गोली लागेर ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।

यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया