पाल्पामा शव बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु


File Photo

काठमाडौं – पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष भट्टराईले बुटवलबाट शव बोकेर गुल्मीको रिडीतर्फ जाँदै गरेको लु२ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको बताए।

बसमा ३५/३६ जना सवार रहेको भट्टराईको भनाइ छ। प्रहरीका अनुसार बस बाटोबाट करिब ५० मिटर तल खसेको हो।

घाइतेहरुको उद्धारको काम भइरहेको र थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

एसपी भट्टराई आफैं घटनास्थल जाँदैछन्।

प्रतिक्रिया