चित्लाङ जाने सडकमा युवकको शव भेटियो


काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव भेटिएको छ।

चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा भेटिएको शव ३० वर्षीय युवक सुजन लामाको रहेको प्रहरीले जनाएको छ।

शवको फरेन्सिक जाँचका लागि चिकित्सकको टोलीसहित प्रहरी टोली टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया