

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरिन्छः गृह मन्त्रालय

काठमाडौं । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले किसानलाई उखुको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।
बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए।
‘बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो।

