मन्त्रिपरिषदको आकस्मिक बैठक, संवैधानिक परिषदबारे अध्यादेश आउन सक्ने!


काठमाडौं– मन्त्रिपरिषदको आकस्मिक बैठक मंगलबार बालुवाटारमा बसेको छ। संवैधानिक परिषदको बैठक कोरम नपुगेपछि स्थगीत गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका थिए।

सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदबाट विभिन्न निकायमा हुने नियुक्तिमा बाधा परेको थियो। यो बैठकले बहुमतका आधारमा नै संवैधानिक परिषदबाट नियुक्ति गर्न सकिने व्यवस्थाका लागि अध्यादेश समेत आउन सक्ने अनुमान गरिएको छ।

यद्यपि यसबारेमा प्रधानमन्त्री ओलीनिकट स्रोतले कुनै पुष्टि गरेको छैन। ‘सरकारले गर्ने अन्य नियुक्ति सम्बन्धी निर्णय हुनसक्छ, संवैधानिक परिषदको बैठक दुई पटक स्थगित गर्नुपरेपछि अध्यादेशमार्फत संशोधन आउन सक्ने समेत अनुमान गरिएको छ’, उच्च स्रोतले भन्यो।

तर बालुवाटारले भने यो बैठकलाई आकस्मिक नभनी नियमित बैठक भएको जनाएको छ।

प्रतिक्रिया