उखु किसान आन्दोलनका नेता रायले साढे तीन करोड लिएको खुलासा, धम्की दिने गरेको आरोप


काठमाडौं– अहिले काठमाडौंमा आन्दोलनमा उत्रिएका उखु किसानको नेतृत्व गरेका हरिश्याम रायले उद्योगीसँग साढे तीन करोड बराबरको रकम एक बर्षमा लगेको खुलासा भएको छ।

अन्नपूर्ण तथा ईन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवालले विज्ञप्ति जारी गरी रायको खातामा पटक–पटक गरी रकम पठाएको विवरण सार्वजनिक गर्दै भनेका छन्,‘नगदी दिएको भिडिओ पनि सुरक्षित छ।’

ग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएको नेपाल इन्भेष्टमेन्ट बैंक स्टेटमेन्ट अग्रवालले सार्वजनिक गर्दै भनेका छन्,‘नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको रायको खाता नम्बर ०४४०५०५०२७६५७५ मा उद्योगले पटक पटक पैसा पठाइएको छ।’

आन्दोलनको नाममा उनले हामीलाई पटक पटक धम्क्याएर ठूलो रकम असुली गरेपछि उद्योगीले बाध्य भएर रायको गतिविधि निगरानीमा राखेको र अहिले सार्वजनिक गर्न बाध्य भएको अग्रवालको जिकिर छ।

उनले चिनी उद्योगीको भुक्तानी चाडै गर्ने भन्दै उद्योगीलाई दुःख दिने बिचौलियलाई तत्काल कारबाही गर्न माग गरेका छन् । चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सर्लाहीका केही किसानहरु अहिले काठमाडौंमा आन्दोलनरत छन्।

उद्योगमन्त्री लेखराज भट्टलगायत सरकारका जिम्मेवार निकायमा रायले रकम लिएको र उद्योगीले किसानलाई भुक्तानी गरेको रकमको यथार्थ विवरण पठाइएको अग्रवालको दाबी छ। मन्त्री भट्टले उद्योगीहरूले रकम दिएको तर विचौलियाका कारण समस्या आएको भनी बोलेका थिए।

प्रतिक्रिया