प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै, एमालेले विरोध जारी राख्ने


काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।

तर, सभामुख सापकोटा भने नेपाल लगायतका सांसदहरुलाई कारबाहीको सूचना टास्न तयार छैनन् । पूर्व एमाले सांसद भएपनि हाल उनीहरुले नयाँ पार्टी एकिकृत समाजवादी गठन गरिसकेका छन् । सोही पार्टीको समर्थनमा बहुमत जुटाएर कांग्रेस सभापति शेर बहादुर देउवाले अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया