

सभामुख सापकोेटाले बोलाए कार्यव्यवस्था समिति बैठक

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। सभामुख सापकोटाले प्रतिनिधि सभाको आजको बैठक अघि कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्
संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज (मंगलबार) बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ। आजको संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखको रणनीतिक के हुन्छ भन्ने चासो छ।

