३६ औं उम्मेदवार बने मनोजमणि ! जो केन्द्रीय सदस्य बन्न ५३ मतले पछि परे…

सशांकले ३८३६ मत ल्याउँदा पुरूषोत्तम लामिछानेले ल्याए १६० मत


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचनमा सबैभन्दा बढी मत डा. शशांक कोइरालाले ल्याएका छन् भने सबैभन्दा कम मत पुरुषोत्तम लामिछानेले ल्याएका छन् । कूल ४७०५ मत खसेकोमा १७१ मत बदर हुँदा कोइरालाले ३८३६ मत प्राप्त गरे भने लामिछानेले सबैभन्दा कम १६० मत  प्राप्त गरे ।

निर्वाचनमा नेविसंघका दुई नेताहरु नैनसिंह महर र कुन्दन काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा विजयी हुँदा मनोजमणि आचार्य भने पराजित भए ।

विद्यार्थी नेता आचार्य भर्खरै सम्पन्न मतगणनामा ९९ जनामा ३६ औंस्थानमा मत ल्याई पराजित भन्दा ३५ औं नम्बरमा विजयी भएका कृष्णकिशोर घिमिरे भन्दा ५३ मतले पछाडि परे । घिमिरेले १७०७ मत प्राप्त गरी ३५ औं स्थानमा केन्द्रीय सदस्यमा जित हात पारेका थिए भने आचार्यले भने १६५४ मत प्राप्त गरेका छन् ।

विद्यार्थी नेताहरु नैनसिंह महरले २४६७ मत ल्याई केन्द्रीय सदस्यमा जित हात पारेका थिए भने कुन्दन काप्mलेले २२७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पूराना कांग्रेस नेता तारिणी दत्त चटौत पनि पराजित भएका छन् । उनले जम्मा ८ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै डा. तीर्थराज खनियाँ १४८२ मत ल्याए पनि पराजित हुन पुगे । त्यस्तै अर्का चर्चित नेता लोकेश ढकालले पनि पराजित हुन पुगे । उनले १४९५ मत ल्याएका थिए ।

त्यस्तै गायक बिमलराज क्षेत्रीले ४७१ मत प्राप्त गरेका थिए । त्यस्तै म्यानपावर व्यावसायी तिलकबहादुर रानाभाटले ३५३ मत ल्याएका छन् ।

प्रतिक्रिया