
बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने रुसी राष्ट्रपति पुटिनको इच्छा
काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गरेका छन्।
अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता केही अन्य प्रजातान्त्रिक देशहरूले अर्को वर्ष फेब्रुअरीमा हुने बेइजिङ खेलको बहिष्कार गर्न चाहेको बेला राष्ट्रपति पुटिनको यस्तो टिप्पणी आएको समाचारहरुमा उल्लेख छ।
चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ।
यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए।



कागजपत्र |
