
शेखर समूह छलफलमाः दोस्रो चरणमा उठ्ने कि नउठ्ने?
काठमाडौं – नेपाली काँग्रेसको सभापतिको लाथि पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुनः दोस्रो राउण्डमा मतदान हुने भएको छ। निर्वाचनको नयाँ तालिका अनुसार दिउँसो ३ः३० बजेबाट मतदान सुरु हुनेछ।
दोस्रो चरणमा सभापतिको लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएपछि प्रतिस्पर्धी कोइराला छदफलमा छन्।
कोइरालाको समूहहोटल मेरिटमा दोस्रो चरणको चुनावमा जाने किन नजाने भनेर छलफल गरिहेका छन्। पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन्।
सिंह निवास चाक्सीबारीमा देउवा र सिंहबीच केहीबेरको छलफलपछि मिडियासँग कुरा गर्दै देउवालाई नै समर्थन गर्ने जनाएका हुन्।
सिंहले देउवलाई सहयोग गर्ने घोषणा गरेपछि कोइराला दोस्रो चरणमा उठ्ने कि न उठ्ने भनेर छलफलमा जुटेका हुन्।
त्यस्तै सभापचिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र कल्याण गुरुङले अहिलेसम्म कसलाई सहयोग गर्ने केही खुलाएका छैनन।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरे। सभापतिका अर्का प्रत्यासी कोइरालाले १७२९ मत ल्याए। सिंहले ३७१, निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन्।
दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्थ्यो। अब कोइरालालाई निधिले मात्र सहयोग गरेर हुन्न जबकी सिंहको पनि समर्थन चाहिन्थ्यो।



कागजपत्र |
