
रामचन्द्रको चियापानमा पुगेका देउवाको कार्यकर्ताले गरे विरोध
काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेका छन्।
पौडेलले कार्यकर्ताका लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा सभापतिका उम्मेदवारसमेत रहेका देउवा पुगेपछि कार्यकर्ताले विरोधसमेत गरे।
ब्याङकेटमा उपस्थित कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका थिए।
कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन्।
यता सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए। पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ।



कागजपत्र |
