

जब मतदानस्थलमा देउवाविरुद्ध नारा लागेपछि… (भिडियोसहित)

काठमाडौं – नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारा लागेको छ ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले मतदान गरेर फर्किने क्रममा एक कार्यकर्ताले देउवाको विरुद्धमा नारा लगाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती कार्यकर्ता देउवाको गृहजिल्ला डडेलधुराकै यादवराज पाण्डे रहेका छन् । क्रियाशील सदस्यमा भएको विवादका कारण देउवा गृहजिल्लाका कार्यकर्ताहरु उनीसँग रुष्ट भएका थिए । ती व्यक्तिले ‘शेरबहादुर देउवा मूर्दाबाद’ भन्ने नारा लगाएका थिए ।
सोही रुष्टता मतदानस्थलमा पोखेको हुनसक्ने अनुमान गरिएको छ ।
उनलाइ प्रहरीले हात हालेको भन्दै कांग्रेस कार्यकर्ताहरूले प्रहरीविरूद्ध नाराबाजी समेत गरेका थिए । प्रहरीले भने हात हालेको नभइ प्रधानमन्त्रीविरूद्ध नारा लगाएकोले नियन्त्रणामा लिइएको जनाएको छ ।

