

संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीको एन्टिजेन परीक्षण सुरु

काठमाडौं – आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ ।
राष्ट्रपती विद्यादेवि भण्डारी द्वारा भोली (मंसिर २८) गते मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।
संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ ।
बिहान ११ बजेदेखि सुरु भएको परीक्षण दिउँसो तीन बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको र पछिल्लो समयमा आमिक्रोन नामक नयाँ भेरियण्डको जोखिमलाई पनि मध्य नजर गरी संसद अधिवेशनमा सहभागी हुने सम्पुर्णको अधिवेशन अघि परिक्षण गर्न लागिएको हो ।

