केन्द्रीय सदस्यमा शशांकको उम्मेद्वारी


काठमाडौं – नेपाली काँग्रेसका नितर्वमान महामन्त्री डा,शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

डा। शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

१२औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए ।

तर उनले शेखरलाई समर्थन गरेका छन् ।

शशांक भन्दा अगाडि शेखरलाई समर्थन गर्दै अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया