बलात्कारका छुट्टाछुट्टै घटनामा संलग्न २ आरोपी पक्राउ


उदयपुर – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ ।

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ
नुवाकोट – बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।

उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया