
कोभ्याक्स सुविधाअन्तर्गत आज १५ लाख डोज मोडर्ना खोप नेपाल आउदै
काठमाडौं – कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरस विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ।
स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डाक्टर बडेबाबु थापाका अनुसार आज १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो।
यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो। आज आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै, बुधबार छ लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुगेको छ।
खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ।
जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



कागजपत्र |
