
रवीन्द्र मिश्रले दिए राजेन्द्र लिङ्देनलाई बधाई
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाइ दिएका छन् ।
राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाइ दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाइ दिएका हुन् ।
नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले भनेका छन्, ‘राजनीतिक(सामाजिकरूपमा नेपाल मूलतस् नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’
उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्नेु दाबी गरेका छन्। मिश्रले भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।’



कागजपत्र |
