३२.२२ अंकले वढ्याे नेप्से, परिसूचक २५ सय ४६.०९ बिन्दुमा


काठमाडौं – साताको दोश्रो कारोबार दिन आज (सोमबार) शेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेको छ । नेप्से १.२८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । सोमबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १७ करोड १५ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ५७ रूपैयाँ २० पैसा पुगेको छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया