

कम्तीमा ८०० वर्ष पुरानो मानव कंकाल डोरीले बाँधिएको अवस्थामा फेला

वासिङटन – पेरुको समुद्री तटमा कम्तीमा ८०० वर्ष पुरानो मानव कंकाल फेला पारेको छ । विज्ञ तथा अनुसन्धाताहरूको एक टोलीका अनुसार अस्थिपञ्जर समुद्री तट र दक्षिण अमेरिकी मुलुकबीच क्षेत्रबीचको संस्कृतिको व्यक्तिको थियो ।
यद्यपि उक्त व्यक्तिको लैंगिक पहिचान भने खुल्न सकेको छैन । पूरातत्वविद् पिटर भान डलेन लुनाका अनुसार उक्त अस्थिपञ्जर लिमा क्षेत्रमा फेला परेको थियो ।
उक्त शव शरीरलाई डोरीले बाँधिएको र हातले अनुहार छोपिएको अवस्थामा रहेको पनि लुनाले बताएका छन् । तर यस्तो अवस्थालाई त्यस क्षेत्रको स्तानीय अन्त्येष्टिको संस्कारको रुपमा व्याख्या गरिएको छ ।
यूनिभर्सिटी अफ सान मार्कोसको अनुसन्धान टोलीले उक्त शव फेला पारेको हो । विज्ञ टोलीले उक्त मानव कंकालबारे थप अनुसन्धान गर्ने पनि जनाएको छ ।
विज्ञ टोलीले ती व्यक्ति उच्च एन्डियन क्षेत्रको भएको दाबी गरेको छ । शव भएको चिहानमा तरकारीका अवशेष र ढुंगाका औजार लगायत चिजहरू पनि राखिएको बताइएको छ ।
ऐतिहासिक मानव सभ्यता तथा अन्य पूरातात्विक अध्ययनका लागि पेरुलाई एक महत्वपूर्ण गन्तब्यको रुपमा लिइन्छ । एजेन्सी

