राजेन्द्र लिङदेनले सपथ लिँदा कमल थापाले सम्झिए पुरानो गीत, यसपालि त मनै फाट्यो…


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएका कमल थापाले एउटा पुरानो गीत सम्झिाएका छन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले सपथ खाएर प्रमाणपत्र लिइरहेका बेला थापाले पुरनो गीत सम्झिएका हुन्।

सामाजिक सञ्जालमा सक्रिय थापाले राजेन्द्र थापाको गीतका केही हरफसमेत सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। यो गीतलाई अरूणा लामाले गाएकी थिइन्।

‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो, पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले, त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो?’ फेसबुकमा लेखेका छन्।

आइतबार बिहान आएको मतपरिणामअनुसार थापा लिङदेनसँग २२७ मतले पराजित भएका हुन्। लिङदेनले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने थापाले एक हजार छ सय १७ मत ल्याएका थिए।

लिङदेनको सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष थापा भने सहभागी थिएनन्।

प्रतिक्रिया