प्रवासीको सहयोगमा गुम्बा निर्माण


लमजुङ – बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा पूर्वी लमजुङको दोर्दीमा गुम्बा निर्माण भएको छ । दोर्दी–२, सल्लाबोटमा झन्डै १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो । जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो ।

निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि हालसम्म ७० लाख बढी खर्च भइसकेको छ । गुम्बा निर्माणका लागि आवश्यक बजेट अभाव हुँदा निर्माण कार्य सम्पन्न गर्न समस्याभएको अभियान्ता गुरुङले बताए । गुम्बा निर्माणका लागि प्रवासीको सहयोगसँगै दोर्दी गाउँपालिकाले पनि पाँचलाख रुपैया सहयोग गरेको गुरुङले बताए ।

दोर्दी–२, अर्चलबोटअन्तर्गत सल्लाबोट, पैस्वारा र कोनासाअन्तर्गतका गुरुङ समुदायको पूजाआजाको निम्ति गुम्बा निर्माण भएको हो । गुरुङ समुदायले आफ्नो सँस्कार सस्कृतिअनुसार पुजाआजा सँगै कर्मकाण्ड, विवाह, अर्घो जस्ता गतिविधीहरू गुम्वामागर्ने गर्दछन् ।

गुम्बासँगै सो ठाउँमा पर्यटक लक्षित गुरुङ संग्राहलय र भ्युटावर समेत निर्माण गर्ने योजना रहेको अभियान्ता गुरुङको भनाई छ । गुरुङ सँस्कार सस्कृतिको संरक्षण सँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न संग्रहालय र भ्यु टावर निर्माणको योजना बनाइएको गुरुङले बताए ।

संग्रहालयमा गुरुङ सँस्कार सस्कृति झल्कने परम्परागत सामाग्री राखिने छन् । तत्कालका लागि गुम्बा निर्माणको काम अन्तिम चरणमा पुगेपनि संग्रहालय र भ्युटावरको निर्माण कार्य सुरु हुन सकेको छैन ।

संरचना निर्माणका लागि आर्थिक अभावका कारण योजना भएर पनिकाम अघि बढ्न नसकेको हो । आवश्यक बजेट व्यवस्थापनको तयारी भइरहेकाले रकम जुट्नासाथ संरचना निर्माणको काम अघि बढ्ने अभियान्ता गुरुङले बताए ।

प्रतिक्रिया