
प्रमुख सेनानी वसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक कंगो प्रस्थान
काठमाडौँ – संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेना कंगो प्रस्थान गरेको छ। श्री भवानीदल गण (शान्ति सेना) २७ औँ डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
शुक्रबार भवानी दल गढमा तैनाथ रहेका नेपाली सेनाको बदली गरी फष्ट रैफल गण प्रमुख सेनानी गौतमको नेतृत्वमा कंगो प्रस्थान गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
कोभिड९१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाले जनाएको छ।




कागजपत्र |
