राप्रपा महाधिवेशन : उम्मेदवारी दिन राष्ट्रियसभागृह पुगे लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनअध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् ।

शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् ।

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया