रित्तो खाताको चेक दिएर फरार अमर सीआईबीको फन्दामा


काठमाडौं– रिता महर्जनलाई यति विकास बैंकको रित्तो खाताको चेक दिएका अमर महर्जनलाई बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि उनी फरार थिए ।

रिताको जाहेरीले अमरलाई पाटन उच्च अदालतले १३ माघ ०७६ मा दोषी ठहर गरी ३२ लाख रुपैंया बिगो तिराउने फैसला दियो । अमर फरार भए ।

ललितपुर उपमहानगरपालिका– २१ खोकनाका स्थायीबासी अमर  १९ नम्बर वडाको इखालखु बस्ने बस्ने गर्दथे ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले हालै कुलेश्वरंबाट पक्राउ गरी आइतबार उच्च अदालतमा हाजिर गराएको छ । २५ जेठ ०७४ मा खाली रहेको खाताको चेक अमरले रितालाई दिएका थिए । चेक बाउन्स गरी उनले अदालतमा मुद्दा हालिन् ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

प्रतिक्रिया