सद्भावनाका संस्थापक नेता पाठकको निधन


जलेश्वर – नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उनको छोरा अरुणकुमारले बताए ।

केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उनी सक्रिय थिए ।

एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उहाँले दुई पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनाव लडेका थिए । पेशाले औषधि व्यवसायीसमेत रहेका उनी क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध थिए । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् ।

 

प्रतिक्रिया