


कांग्रेस नेता बस्नेत उपचारका लागि नर्भिक अस्पतालमा

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई अस्पताल भर्ना गरिएको छ । नेता बस्नेतलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको जनाइएको छ ।
अधिवेशनका क्रममा गृहजिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि परिक्षण गर्दा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको जनाइएको छ ।
उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजक समेत हुन् ।

