
कांग्रेस मुख्यसचिव पाैडेल महाधिवेशन प्रतिनिधिमै पराजित !
काठमाडौं – आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल नै उपस्थित हुन नपाउने भएका छन् । काठमाडौं क्षेत्र नं. ७ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका पौडेल प्रतिनिधिमा पराजित भएका हुन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने पौडेलले उक्त क्षेत्रबाट खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए। पौडेलले जम्म ८३ मत पाए। खस आर्य पुरुषतर्फ दक्ष पौडेल १२८ मत, रामशरण थपलिया १०७ र नगेन्द्रध्वज कार्की ९८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।
काठमाडौं क्षेत्र नं ७ को सभापतिमा भने मुकुन्द रिजाल निर्वाचित भएका छन्। सोमवार सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन्। रिजाल काठमाडौं १६ का वडाध्यक्षसमेत हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे।
अरु को को निर्वाचित भए क्षेत्र ७ बाट ?





कागजपत्र |
