आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको हो।

शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। राति कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।

शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २३ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

 

प्रतिक्रिया