शशांकलाई रेकर्ड हेर्न प्रकाशमानको चुनौती


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो रेकर्ड हेर्न महामन्त्री डा. शशांक कोइरालालाई चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफूलाई काठमाडौंबाहिर चिन्दैनन् भन्ने महामन्त्री कोइरालाको भनाईबाट आफ्नाबारेमा दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’

आफूले गिरिजाप्रसाद कोइरालाको उपसभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको तथा १२ औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको भन्दै नेता सिंहले प्रश्न गरे, ‘काठमाडौंको भोटले मात्र जितेको हुँ ?’

महामन्त्री शशांक कोइरालातर्फ संकेत गर्दै पूर्वहमहामन्त्री सिंहले उनले भने, ‘म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।’ हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै उनले नेता कार्यकर्तालाई रेकर्ड हेर्न आग्रह गरे ।

प्रतिक्रिया