
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ
काठमाडौं – सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् ।
जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । प्रहरीले झण्डै एक दर्जन समर्थकहरूलाई पक्राउ गरेको हो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।



कागजपत्र |
