इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा पनि बढ्यो


काठमाडौं – इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडा दर बढाइएको हो । कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको सङ्घले जनाएको छ ।

सङ्घकाअनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ । काठमाडौँ धनगढी रुटमा सबैभन्दा बढी २२० रुपैयाँ हवाई भाडा बढेको छ ।

प्रतिक्रिया