प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेका छन् ।

कानुन व्यवसायीहरूले आज (शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने जनाए पनि प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेर कार्यसम्पादनमा लागेका छन् ।

सर्वोच्च प्रवेश गरेसँगै प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि पेसीको सूची प्रकाशित गरिसकेका छन् । जसअनुसार शुक्रबारका लागि २२३ मुद्दाको पेसी तोकिएको छ । जसमा बन्दीप्रत्यक्षीकरणसँगै सबै प्रकारका मुद्दाहरु समावेश गरिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको गेट अगाडि विरोध प्रदर्शन भने गरिरहेका छन् ।

प्रतिक्रिया