फेरि फेरिँदै प्रदेश प्रमुख

प्रदेश १ मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्चिममा जोशीको सिफारिस


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।

ढिलो गरी सार्वजनिक भएको मन्त्रीपरिषद्को निर्णयअनुसार प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो । उक्त निर्णय सोमबारको मन्त्रीपरिषद् बैठकमा भएको जनाइएको छ ।

मन्त्रीपरिषद्को निर्णयअनुसार प्रदेश नं. १ मा नेकपा (एकीकृत समाजवादी) का परशुराम खापुङलाई प्रदेश प्रमुख बनाइएको छ भने कर्णालीमा माओवादी केन्द्र निकटका तिलक परियारलाई पठाइएको छ । त्यस्तै सुदूरपश्चिममा नेपाली कांग्रेस निकटका देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको छ । परियार यसअघि प्रदेश नं. २ को प्रदेश प्रमुख भईसकेका थिए ।

यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए। त्यसबेला पनि दलहरूले भागबन्डा गरी प्रदेश प्रमुख बनाएका थिए।

प्रतिक्रिया