‘प्रधानन्यायाधीश बिचौलियाका नाइके, उहाँबाट न्याय पाइँदैन’


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिचौलियाका नाइके रहेको आरोप लागेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा बिचौलियाका नाइके रहेको आरोप लगाएका हुन्।

मंगलबार एसोसियनको जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराबाट जनताले न्याय पाउने सम्भावना नरहेको भन्दै उनलाई हटाउने आन्दोलनमा सहयोग गर्न आग्रह समेत गरे।

अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकाको धरोहर उँचो राख्न हाम्रो आन्दोलन जारी छ। प्रधानन्यायाधीशको इजलासबाट न्याय पाउन सकिँदैन, उहाँ बिचौलियाका नाइके हुनुहुन्छ।’

यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश जबराको गलत नियतका कारण न्यायालयको चीरहरण भएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए।

प्रतिक्रिया