राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार मध्यान्ह शीतलनिवास पुगेको जनाइएको छ ।

भेटमा हुने छलफलका बारेमा स्पष्ट नपारिए पनि एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग पछिल्लो समय न्यायपालिकामा देखिएको विवादका साथै एमसीसीलगायत पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्न लागेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया