यस्तो रह्यो कलाकारको भाईटीका (तस्बिरहरु)


काठमाडौं — नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका छन् ।

तिहारका अवसरमा नेपाली कलाकारहरुले पनि आफ्ना दिदीबहिनी–दाजुभाईहरुलाई टिका लगाइदिएर मनाएका छन् । हरेक दिदीबहिनी र दाजुभाईबीचको प्रेमको प्रतिकको रुपमा मानिएको तिहारमा दिदीबहिनीहरुले दाजुभाईको रक्षार्थ टीका तथा, मखमली फुलको माला लगाइदिने परम्परा रहिआएको छ ।

तिहारको दिन दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन रहिआएको छ ।

यहाँ हामीले कलाकार दीपकराज गिरी, निर्मल शर्मा, शम्भुजीत बास्कोटा, प्रमोद खरेललगायतको सामाजिक सञ्जालमा भेटिएका केही तस्बिरहरु प्रकाशित गरिएको छ ।

May be an image of one or more people and people standing

May be an image of 3 people and people standing

May be an image of one or more people and people standing

 

May be an image of 2 people and people standing

 

 

प्रतिक्रिया