राष्ट्रपति भण्डारीले लगाइदिइन् भाईलाई भाईटीका


काठमाडौं – यमपञ्चक अर्थात् दिपावलीको अन्तिम दिन आज भाइटीका मनाइएको छ ।

११ बजेर २ मिनेटको उत्तम साइतमा यमपञ्चकको पाँचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

यसै शिलशिलामा राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले पाण्डेलाई तिहारको शुभसाइत ११ बजेर २ मिनेटमै टिका लगाइदिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया