तिहारको दिनमात्रै खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाईटीका


काठमाडौं – राजधानीको मुटुमा रहेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुलेको छ । तिहारको दिनमात्रै खुल्ने मन्दिरमा दिदी बहिनी नभएका दाजु भाई र दाजुभाई नभएका दिदीबहिनीको टिका लगाउने संगम थलो बन्दै आएको छ ।

अघिल्ला वर्ष कोरोना महामारीका कारण नखुलेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज (शनिबार) बिहानै देखि भिडभाड देखिएको छ ।

नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका छन् ।

दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरुले एकार्कालाई टीका लगाइ दिने गर्दछन् ।

२०७२ सालको भूकम्पका कारण भत्किएको मन्दिर बनाउन केही वर्ष समय लाग्दा र विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको मन्दिर यस वर्षको भाइटीकाका दिन भने खुलाइएको छ । गत वर्ष कोभिड–१९ का कारण मन्दिर खोलिएको थिएन ।

 

प्रतिक्रिया