काठमाडाैंमा ३४४ सहित उपत्यकामा थप ४४२ संक्रमित


काठमाडाैं – काठमाडौं उपत्यकामा आज थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा संक्रमण पुष्टि हुनेमा १८८ महिला र २५४ पुरुष रहेका छन् । काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको हुन् ।

देशभर आज थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार ६ हजार २२० जनाको पीसीआर परीक्षण गर्दा ३७० महिला र ६४४ महिलामा कोरोना पुष्टि भएको हो । नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

कुल संक्रमितमध्ये २ लाख २७ हजार ४३३ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक रहेको छ । आज थप १ हजार ६२८ जना निको भएका छन् । देशभर आज १२ हजार ९४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया