हतियार र लागूऔषधसहित युवक पक्राउ


कपिलवस्तु – नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।

मायाँदेवी गाउँपालिका–८ बिजुवा चोकबाट हतियार र नियन्त्रित लागूऔषध सहित सोही गाउँपालिका–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थाई प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ थान पेस्तोल, २८ थान कार्ट्रिज, नियन्त्रित लागूऔषध ४२ चक्की स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारी बरामद गरेको जनाएको छ।

प्रतिक्रिया