

पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना संक्रमणमुक्त भएका छन् ।

