

राजविराजमा हुक्कापाती बेच्दै महिला, बाँसबाट निर्मित सामग्री

राजविराज – सप्तरीको राजविराजस्थित हटियामा सनपाटको डण्टीबाट निर्माण गरिएको हुक्कापाती बेच्न ग्राहकको प्रतिक्षामा बसेकी महिला । प्राचीन कालदेखि नै मिथिला एवं तराईमा लक्ष्मी पूजाका दिन हुक्कापाती खेल्ने प्रचलन छ । तस्बिरः अरुणकुमार यादव/रासस
विक्रीका लागि बाँसबाट निर्मित सामग्री
देउखुरी – व्यापारीले बिक्रीका लागि घोराही बजारमा राखेको बाँसको चोयाबाट बनेका सामग्री । तस्बिरः रञ्जिता अधिकारी/रासस

