सुनचाँदीको मूल्यमा गिरवाट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – साताको कारोबारको चौंथो दिन आज बुधबार सुनचाँदीको मूल्यमा गिरवाट आएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन आज नेपाली बजारमा तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज तोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज प्रतितोला २५ रुपैयाँले घटेर तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया